कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दे राजीनामा माग गरेका हुन् ।

‘अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र प्रदेशमा झन् समस्या थप्नतिर उद्यत भएको प्रष्ट हुन्छ’, ‘…लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्नका लागि मार्गप्रशस्त गर्न समेत आग्रह गर्दछौं,’  विज्ञप्तिमा भनिएको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि  मुख्यमन्त्री कार्की अल्पमतमा परेको कांग्रेसले दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved