यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा

नेपालभ्युज

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् ।

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म पीडित छात्राको अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत खोटाङका  स्रेस्तेदार रामाकान्त यादवका अनुसार गत वैशाख २९ गते पक्राउ परेका राई साेमवार चार लाख रुपैयाँ धरौटी बुझाएर  छुटेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्माको शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक/सञ्चालक समेत रहेका राईविरुद्ध १६ वर्षीया छात्राले उजुरी दिएकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved