राष्ट्रिय योजना आयोगले पायो पूर्णता

नेपालभ्युज

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौं। राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आयोगका उपाध्यक्ष डा.मीनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिइन् । महिला सदस्यको रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो।

ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडीपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए।

तत्कालीन माओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्‍यो । गठबन्धन परिवर्तन पछि केही नयाँ सदस्यहरू नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन ।

यसअघि, आयोगको सदस्यहरुमा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved