‘ए’ डिभिजन लिग : सातदोबाटोले आर्मीलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : सातदोबाटोले आर्मीलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोको लागि शिव सुवेदी र दिपेन सिङले गोल गरे भने आर्मीको लागि नवयुग श्रेष्ठले गोल फर्काए। खेलको दोस्रो मिनेटमा नै शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए।

६९ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए । ६३ औं मिनेटमा सिंहले पेनाल्टीमा सातदोबाटोको लागि दोस्रो गोल गरे।

यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको थ्री स्टार र एपीएफ क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो। एपीएफको लागि मणि कुमार लामाले गोल गरे भने थ्री स्टारको लागि सुनिल तामाङले गोल गरे ।

२३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। ८६ औं मिनेट सब्सिच्युडका रुपमा मैदान प्रवेश गरेका सुनिलले थ्री स्टारको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

यससँगै थ्री स्टारले २४ खेलबाट २८ अंक जोड्दा एपीएफले भने ३० अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved