विवेकशील साझाको प्रवक्तामा प्रधान

नेपालभ्युज

विवेकशील साझाको प्रवक्तामा प्रधान

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा आशुतोष प्रधान नियुक्त भएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमीसमेत रहेका केन्द्रीय सदस्य प्रधानलाई प्रवक्ता नियुक्त गरेको हो ।

त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।

विभिन्न सामाजिक, राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको वकालतकर्ता हुन् ।

राजनीतिक घरानाका प्रधान तनहुँ बन्दीपुरका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved