भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको चर्चा

जुलाई अन्तिमदेखि अगस्ट पहिलो साताभित्र भ्रमण गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो जुलाई अन्तिमदेखि अगस्ट पहिलो साताभित्र चीनको भ्रमण गर्ने भएका छन् । 

नेपालभ्युज

भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको चर्चा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो जुलाई अन्तिमदेखि अगस्ट पहिलो साताभित्र चीनको भ्रमण गर्ने भएका छन् ।

हाल भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका उनले जुलाई अन्तिमदेखि अगस्ट पहिलो साताभित्र चीनको भ्रमण गर्ने भएका हुन् । १२ दिने चीनको भ्रमण गरेर शुक्रबार फर्किएका पूर्वसभामुखसमेत रहेका प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यसबारे खुलाए ।

उनले चीनलाई त्यही सन्देश दिएर फर्किएका छन् । “चीन जानुअघि मैले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेडलाई भेटेर सन्देश के छ भनेर सोधे भने के भन्ने भनेर सोधेको थिएँ । त्यसक्रममा उहाँले जुलाई अन्तिम सातादेखि अगस्ट पहिलो हप्ताभित्र चीनको भ्रमणको सन्देश छ भनेर सुनाइदिनुस् भनेर भन्नुभएको थियो । मैले त्यही सन्देश दिएर आएँ,” सापकोटाले भनेका छन् ।

हाल तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड अहिले भारतको भ्रमणमा छन् । यसअघि दुवै देशबाट निम्तो आएपछि उनले कुन देशको भ्रमण पहिले गर्ने भनेर अन्यौल देखिएको थियो । दोस्रोपटक प्रधानमन्त्री हुँदा चीनको भ्रमण पहिले गरेका उनले त्यहीकारण आलोचित भएपछि ‘मेरो औपचारिक पहिलो भ्रमणचाहिँ भारत नै हो’ भनेर भन्नुपरेको थियो । त्यसबेला उनी चीन औपचारिक/राजकीय भ्रमणमा नभइ निम्तो-भ्रमणमा गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved