मेस्सीले पीएसजी छाड्दै, आइतबार अन्तिम खेल

नेपाल भ्युज

मेस्सीले पीएसजी छाड्दै, आइतबार अन्तिम खेल

एजेन्सी। विश्व स्टार फुटबल खेलाडी अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने भएका छन् ।

लामो समयदेखि उनले क्लब छाड्ने हल्ला चलेपनि यसपटक भने उनि पीएसजीबाट बाहिरिने पक्का भएको हो ।

पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएका बीबीसीले जनाएको छ ।

मेस्सीले पीएसजीका लागि अन्तिम खेल आउँदो आइतवार पार्क डि प्रिन्सेस मैदानमा खेल्नेछन् । पीएसजी छाडेर मेस्सी कहाँ लागेका हुन भन्ने खुलेको छैन । सन् २०२१ को अगस्टमा मेस्सी पीएसजीमा आबद्ध भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved