महिला टी–२०: मलेसियामाथि नेपालको लगातार दोस्रो जित

नेपालभ्युज

महिला टी–२०: मलेसियामाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं। महिला टी–२० सिरिजमा नेपालले मलेसियामाथि लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो। यससँगै ५ खेलको टी–२० सिरिज २–१ मा पुगेको छ।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दा ५ विकेटको क्षतिमा ११० रन बनायो। नेपालको लागि कप्तान रुबिना क्षेत्रीले २७, ज्योति पान्डेले २३ र सीता राना मगरले २१ रन बनाए। मलेसियाको लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले १–१ विकेट लिए।

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा मात्र ८३ रन बनायो। मलेसियाको लागि महिराह इज्जाती इस्माइलले अविजित ४४ र विनिफ्रेड दुराईसिंघमले २० रन जोडे।

नेपालको लागि भने सीता राना मगर, इन्दु बर्मा र कविता कुँवरले १–१ विकेट लिए। चौथो खेलमा नेपाल र मलेसिया शनिबार आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved