‘ए’ डिभिजन लिग: मछिन्द्रले सातदोबाटोलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग: मछिन्द्रले सातदोबाटोलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रको लागि आफिज ओलावालेले ह्याट्रिक गोल गरे। सातदोबाटोको लागि भने जोडर्न पुन मगरले १ गोल फर्काए। खेलको १७ औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्यूरी समयमा ओलावालेले मछिन्द्रको लागि दोस्रो गोल गरे।

५६ औँ मिनेटमा ओलावाललेले मछिन्द्रको लागि तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे। ८४ औँ मिनेटमा सातदोबाटोको लागि जोर्डनले १ गोल फर्काए।

यससँगै २३ खेलबाट ३९ अंक जोडेको मछिन्द्र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। २३ खेलबाट २९ अंक जोडेको सातदोबाटो भने छैटौं स्थानमा छ।

यस्तै, च्यासल रंगशालामा भएको थ्री स्टार र संकटा क्लबबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ। दुवै टोलीले १–१ अंक प्राप्त गर्यो। २३ खेलबाट २७ अंक जोडेको थ्री स्टार ११ औँ स्थानम ाछ। २३ खेलबाट २७ अंक जोडेको संकटा १२ औँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved