माइतीघरमा एकीकृत समाजवादी समर्थित मोर्चाहरूको प्रदर्शन (तस्वीरहरू)

माइतीघरमा एकीकृत समाजवादी समर्थित मोर्चाहरूको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा नेकपा एकीकृत समाजवादी आबद्ध विभिन्न मोर्चाहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन्।

एकीकृत समाजवादी आबद्ध नेपाल खेलकुद महासंघ समाजवादी, नेकपा एस मोर्चा संगठन ललितपुर, नेपाल दलित मुक्ति संगठन, नेपाल बुद्धिजीवि परिषद् समाजवादी, राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादी, नेपाल आदिवासी जनजाति महासंघ समाजवादी लगायतका मोर्चाहरूले प्रकरणमा मुछिएका सबैमाथि अनुसन्धान गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा नेकपा एस का उपमहासचिव डा. विजय पौडेल, जगन्नाथ खतिवडा, युवा संघ इन्चार्ज डिलु पन्त, बुद्दिजीवि परिषद् समाजवादीका वरिष्ठ उपाध्यक्ष सीताराम घले परियार, अनेरास्ववियु की महासचिव आरती लामा लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू माइतीघरबाट ब्यानर र प्लेकार्डसहित नयाँ बानेश्वर गएका छन्। हेर्नुहोस् तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved