प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि मात्रै बजेटमाथिको छलफल सुरु हुने

बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए । बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिनेछन्।

नेपालभ्युज

प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि मात्रै बजेटमाथिको छलफल सुरु हुने

काठमाडौं । सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को लागि संसदमा बजेट पेश गरेको छ ।

अनावश्यक खर्च कटौती र आवश्यक क्षेत्रमा खर्च बढाउने तयारीका साथ अर्थमन्त्री डा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

सामान्यतया बजेट पेश भएको एक दुई दिनमै संसदमा बजेटमाथिको छलफल प्रारम्भ हुन्छ । त यसपटक भने बजेट पेश भएको ६ दिनपछि मात्रै छलफल सुरु हुनेभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बुधबारदेखि ४ दिने भारत भ्रमण गर्दैछन् । प्रचण्ड भारतबाट फर्किएपछि बजेटमाथिको छलफल हुनेछ ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुनेछ । बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए । बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved