काठमाडौं । नेपालमा केही दिनदेखि सक्रिय रहेको पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले पानी परिरहेको छ ।
सबै ठाउँमा एकनाशले पानी परेको छैन तर केही ठाउँमा भने भारी वर्षा भइरहेको छ । आज आइतबार पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
मेघ-गर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको जोखिमबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Facebook Comment
Comment