समीक्षा अधिकारीको ‘आफ्नो–आफ्नो दुख’ गीत सार्वजनिक, उनकै अभिनय

चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी गीतको फिमेल भर्सन शुक्रबार सार्वजनिक गरिएको हो। गीतको लय शब्द पशुपति शर्माकै छ। गीतको भिडिओमा समीक्षा आफैँ देखिएकी छिन्।

नेपालभ्युज

समीक्षा अधिकारीको ‘आफ्नो–आफ्नो दुख’ गीत सार्वजनिक, उनकै अभिनय

काठमाडौं। गायक पशुपति शर्माको सुपरहिट गीत ‘आफ्नो–आफ्नो दुख’को फिमेल भर्सन सार्वजनिक भएको छ। पशुपति शर्माको लय शब्द संगित तथा स्वरमा सजिएको मेल भर्सन आम नेपालीमाझ निक्कै लोकप्रिय बनेको थियो।

चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी गीतको फिमेल भर्सन शुक्रबार सार्वजनिक गरिएको हो। गीतको लय शब्द पशुपति शर्माकै छ। गीतको भिडिओमा समीक्षा आफैँ देखिएकी छिन्।

दुर्गा पौडेलले निर्देशन गरेको यस भिडिओलाई प्रकाश धमलाले सम्पादन गरेका हुन्। अभिनेता पल शाहसँगको मुद्दा मामिलामा मुछिएपछि गीत सङ्गीतमा केही पातलिएकी समीक्षा अधिकारी बिस्तारै साङ्गतिक क्षेत्रमा अझ सक्रिय बन्ने कोसिसमा छिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved