अहिले धेरै ठाउँमा चर्को घाम, दिउँसो पानी पर्ने

नेपालभ्युज

अहिले धेरै ठाउँमा चर्को घाम, दिउँसो पानी पर्ने
सांकेतिक तस्वीर

काठमाडौं। अहिले देशका धेरैजसो ठाउँमा चर्को घाम लागेको छ ।

हिजो बुधबार देशका सबैजसो पहाडी क्षेत्रमा पानी परेकोमा अहिले भने चर्को घाम लागेको छ । गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने अहिले पनि पानी परिरहेको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसोपछि भने देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved