नीति तथा कार्यक्रमबारेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै, आजै पारित गर्ने कार्यूसची

नेपालभ्युज

नीति तथा कार्यक्रमबारेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै, आजै पारित गर्ने कार्यूसची

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्ष २०८०/८१ को निति तथा कार्यकम आज शुक्रबार प्रतिनिधिसभामा निर्णायार्थ पेश हुँदैछ ।

यसको लागि विहान १२ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।   जेठ ५ गते संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम  निर्णायार्थ पेश हुनुअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरुले उठाउका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

नीति तथा कार्यक्रमाथि विशेष गरेर विपक्षी दल नेकपा एमालेका सांसदले प्रश्न उठाएका छन् । अध्यक्ष ओलीले झण्डै २ घण्टाको समय लिएर बुँदा बुँदामा आलोचना गरेका छन् ।

उनले नीति तथा कार्यक्रमलाई कुनै हालतमा पास हुन नदिने र क्रिकेटमा छक्का हानेजस्तै छक्का हानेर बाहिर पुर्‍याइदिने धम्की पनि दिएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले पनि नीति तथा कार्यक्रम पुरानै निरन्तरता र कर्मकाण्डी मात्रै भएको आरोप लगाएका छन् ।

राष्ट्रियसभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved