वर्ल्डलिङ्कको देशभर करिब १७० ‘सपोर्ट जोन’ स्थापना

नेपालभ्युज

वर्ल्डलिङ्कको देशभर करिब १७० ‘सपोर्ट जोन’ स्थापना

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले देशभर करिब १७० ‘सपोर्ट जोन स्थापना गरेको छ । ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन् । यसले गर्दा इन्टरनेट सम्बन्धी कुनै समस्या परेको खण्डमा गुनासो प्राप्त भएको दुई घण्टाभित्र वर्ल्डलिङ्कका कर्मचारी समाधान गर्ने ग्राहकको घरमा पुग्न सक्ने कम्पनीको दाबी छ ।

यदि, विशेष कारण बाहेक दुई घण्टाभित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादव बताउँछन् । ‘हामी ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध छौँ,‘ उनी भन्छन्, ‘यदि केही गरी हाम्रा फिल्ड स्टाफ दुई घण्टाभन्दा पाँच मिनेट मात्रै ढिलो पुगे भने पनि ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेका छौँ ।‘


Comment

One thought on “वर्ल्डलिङ्कको देशभर करिब १७० ‘सपोर्ट जोन’ स्थापना

Leave a Reply to Ashis kumar Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved