तौल कम गर्न जिरा र ज्वानो पानी

नेपालभ्युज

तौल कम गर्न जिरा र ज्वानो पानी

एजेन्सी। जिरा र ज्वानोको पानी पिउनु स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यसलाई पिएर तौल कम गर्न सकिन्छ र शरीर डिटक्स पनि हुन्छ । यदि, तौल बढेर समस्यामा हुनुहुन्छ भने दैनिक जिरा र ज्वानो मिसाएर बनाइएको पानी पिउनुहोस् । बढिरहेको तौललाई कम गर्न यो एकदमै सहयोगी हुन्छ । यसलाई बिहान खाली पेटमा सेवन गर्न सकिन्छ।

त्यस्तै, पेटका लागि पनि यो पानी एकदमै फाइदाजनक हुन्छ । यसलाई पिउँदा पाचनतन्त्र पनि राम्रो हुन्छ जसले गर्दा पेटमा हुने समस्या ग्यास, अपच तथा कब्जियत जस्ता समस्याहरू कम हुन्छ ।

स्वस्थ रहनका लागि समय समयमा शरीर डिटक्स गर्न जरुरी हुन्छ । त्यसैले, तपाईं त्यसका लागि ज्वानो र जिरा मिसाएर बनाइएको पानी पिउन सक्नुहुन्छ । यसलाई पिउँदा शरीरमा भएका दूषित पदार्थहरू सजिलै निस्कन्छन्।

त्यस्तै, सबै खाले स्वास्थ्य अवस्थामा काम गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । यसको नियमित सेवनले शरीरको रोगसँग लड्ने क्षमता बढ्नुका साथै छिट्टै कुनै रोगले आक्रमण पनि गर्न सक्दैन ।

बिहानको समयमा दूधको चिया पिउनुभन्दा जिरा र ज्वानोको पानी पिउनुभयो भने शरीरको कोलेस्ट्रोल कम हुनेछ । यसले खराब कोलेस्ट्रोललाई घटाउने काम गर्दछ । त्यसैले, बिहानको समयमा ज्वानो र जिराको पानी पिउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved