‘ए’ डिभिजन लिग : एनआरटीले आर्मीलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एनआरटीले आर्मीलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एनआरटीले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्‍यो।

एनआरटीको लागि कृतिश छुन्जुले गोल गरे। खेलको ७८औँ मिनेटमा कृतिशले एनआरटीको लागि निर्णायक गोल गरे। एनआरटीले २१ खेलबाट २६ अंक जोड्दा आर्मीले भने २९ अंक जोडेको छ।

यस्तै, च्यासल रंगशालामा भएको खेलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गर्‍यो। एपीएफले संकटालाई २–१ गोलअन्तरले पराजित गरेको हो। एपीएफको लागि आवास लामिछानेले गोल गरे भने संकटाको लागि मनीष डाङ्गीले गोल फर्काए।

खेलको २४औँ मिनेटमा आवासले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा आवासले एपीएफको लागि दोस्रो गोल गरे। ५०औँ मिनेटमा मनीषले संकटाको लागि गोल फर्काए।

एपीएफले २१ खेलबाट २६ अंक जोड्दा संकटाले भने २३ अंक जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved