कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड कायम गरेका हरिको भव्य स्वागत

रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् । उनको देशभित्र मात्रै होइन, विदेशमा समेत चर्चा भइरहेको छ ।

नेपालभ्युज

कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड कायम गरेका हरिको भव्य स्वागत

काठमाडौं । कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

उनलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती आफैँ विमानस्थल पुगेका थिए । हरिले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा खुट्टा गुमाएका थिए । सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका उनले सगरमाथा चुचुरोमा नेपाली झण्डा फहराएर पर्केका थिए ।

विमानस्थलमा समर्थकको ठूलो भीड लागेको थियो । बुढामगर जेठ ५ गते दिउँसो ३ बजे सगरमाथा शिखरलाई चुमेका थिए ।

सो अवसरमा मन्त्री किरातीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने प्रतिक्रिया दिए ।

हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्डसमेत बनाएका छन् ।

रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् । उनको देशभित्र मात्रै होइन, विदेशमा समेत चर्चा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved