अभिनेता आदित्य सिंह राजपूतको मृत्युमा ‘लागुऔषधको कनेक्सन’ रहेको खुलासा

नेपालभ्युज

अभिनेता आदित्य सिंह राजपूतको मृत्युमा ‘लागुऔषधको कनेक्सन’ रहेको खुलासा

मुम्बई। बलिउड अभिनेता तथा मोडल आदित्य सिंह राजपूत सोमबार मृत भेटिएका छन् । ‘मैंने गान्धीको नही मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित आफ्नै घरको बाथरुममा  मृत भेटिएका हुन् ।

यद्यपि, उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन । आदित्यको निधनपछि फिल्म जगतमा सन्नाटा छाएको छ ।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पुर्‍याए पनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए। प्रहरीले आदित्यको निधनको कारण लागुऔषधको ओभरडोज हुनसक्ने अनुमान लगाएको छ ।

आदित्यले १७ वर्षको उमेरमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए । उनले करिब ३ सय बढी विज्ञापनमा काम गरेका छन् । उनी केही समय यता एक प्रोडक्सन हाउसमा जोडिएका थिए र कास्टिङको काममा बढी ध्यान दिइरहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved