अझै केही दिन पानी पर्ने,  सोमबारदेखि मौसममा सुधारको अनुमान

नेपालभ्युज

अझै केही दिन पानी पर्ने,  सोमबारदेखि मौसममा सुधारको अनुमान

 काठमाडौं । अझै केही दिन वर्षाको क्रम जारी रहने भएको छ । पश्चिमी वायु, स्थानीय वायुसँगै पूर्वी वायुको चहलपहल बढेकाले वर्षाको क्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारसम्म वर्षाको घनत्व कायम रहने छ । सोमबारदेखि हल्का सुधार हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सो अवधिमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

एक साताअघि विकसित वर्षाको प्रणालीका क्रममा स्थानीय वायुको विकास थप बलियो बनेकाले वर्षा लम्बिएको श्रेष्ठले जानकारी दिए । लम्बिएको वर्षाले मनसुनका लागि वातावरण बनाउँदै गएको अनुमान महाशाखाले गरेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved