काठमाडौं। भारत सरकारको सहयोगमा निर्माण हुने दुई परियोजनामा हस्ताक्षर भएको छ । स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास र काठमाडौं तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको हो।
यी दुई परियोजनाको कुल अनुमानित लागत नेरु. ८.०३३ करोड रहेको छ।
यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् । परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।
निर्माणले स्थानीयवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने परियोजनाको अपेक्षा छ ।

Facebook Comment
Comment