बिहानै काठमाडौंमा भारी वर्षा, दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

नेपालभ्युज

बिहानै काठमाडौंमा भारी वर्षा, दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा बिहानै भारी वर्षा भइरहेको छ ।

बुधबार बेलुका परेको पानी राती रोकिएको थियो । तर, विहीबार विहानै फेरी ठूलो पानी परेको हो । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ

। आज पनि दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पछि पहाडी जिल्लासहित तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका मध्यभाग बाहेक अन्य ठाउँमा मौसम बदली भइ दिउँसोपख पानी पर्ने सम्भावना रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved