कोल्ड ड्रिंक्स पिउनुका बेफाइदा

नेपालभ्युज

कोल्ड ड्रिंक्स पिउनुका बेफाइदा

एजेन्सी । कोक, पेप्सी, फ्यान्टा, स्प्राइट, इनर्जी ड्रिंक्सजस्ता कोल्ड ड्रिंक्स नियमित पिएमा हाम्रो शरीरमा चाहिनेभन्दा बढी (सामान्यभन्दा १० चम्चा बढी) सुगर आपूर्ति हुन्छ ।

यसमा हुने फस्फोरिक एसिडका कारण तत्काल गुलियोपनको अनुभव हुँदैन । यद्यपि, यसले शरीरमा तीव्र रूपमा इन्सुलिन उत्पादन गर्छ । सुगर बोसोमा परिणत हुने भएकाले मोटोपनाको समस्या हुने गर्छ ।

त्यस्तै नियमित कोल्ड ड्रिंक्स सेवन गर्ने मानिसमा टाइप टु मधुमेह हुने खतरा उच्च रहन्छ  । कोल्ड ड्रिंक्समा चिनीको मात्रा उच्च हुने भएकाले हृदयाघातलगायत मुटुसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।

यस्ता पेयपदार्थमा मेटल, सिसा, क्रोमियमजस्ता रसायन हुन सक्ने भएकाले आँखाको रेटिना बिग्रिने र पेट तथा मस्तिष्कसम्बन्धी समस्या आउने हुन सक्छ । साथै यसले हड्डीलाई पनि कमजोर बनाउने काम गर्छ ।

फ्रिजमा राखिएको चिसोले नसाको विरामी तथा बाथ भएकाहरुका लागि पनि एकदमै बेफाइदा गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved