काठमाडौं। नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको गिरोहबारेको अनुसन्धानमा रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिए पनि प्रहरीले अनुसन्धान नसकिएको भन्दै आज प्रतिवेदन नबुझाउने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको हो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएको हो ।
प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ ।
सरकारी वकिलले अध्ययनका लागि भन्दै बुधबार प्रतिवेदन बुझाउन भने पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गरेर बुझाउने भएको हो ।
Facebook Comment
Comment