काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले सांसद तथा मन्त्रीहरू ‘डमी’ मात्रै भएको बताएका छन् । मङ्गलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकलाई सम्बोधन गर्दै राईले मन्त्रालय र संसद् अरु नै कसैले चलाइदिने बताए ।
मन्त्री भएपछि आफूले अनुभव गरेको उल्लेख गर्दै राईले भने, “यहाँ अरुले नै संसद् चलाउँदो रहेछ । हामी त ‘डमी’ मात्रै रहेछौँ । अरुले नै चलाउँदो रहेछ मन्त्री त, हामी त शोकेशको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा हो यो ।”
उनले पर्यटन क्षेत्र बदल्नका लागि सुरूमा ऐन बदल्नुपर्ने बताए । त्यसका लागि सांसदहरूले सुरू ध्यान दिनुपर्ने भनाइ मन्त्री राईको छ । “संसद्मा हाम्रो सक्रिय भूमिका हुनुपर्यो । चासो दिनुपर्यो । तपाईंहरूले बोलिदिनुपर्यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदोरहेछ,” उनले भनेका छन् ।
Facebook Comment
Comment