म्यानपावर कम्पनीले ९ महिनामा कमाए साढे ७७ अर्ब रुपैयाँ

सरकारले म्यानपावर व्यवसायीको मनोमानी नियन्त्रण गर्न सकेको छैन । अहिले नेपालमा ८ सय ४६ वटा म्यानपावर रहेका छन् ।

नेपालभ्युज

म्यानपावर कम्पनीले ९ महिनामा कमाए साढे ७७ अर्ब रुपैयाँ
फाइल तस्वीर

काठमाडौं ।  म्यानपावर व्यवसायीले ९ महिनामा साढे ७७ अर्ब रुपैयाँ कमाएका छन् ।

गएको साउनदेखि चैतसम्म वैदेशिक रोजगारीमा जानेहरुबाट म्यानपावर व्यवसायीले साढे ७७ अर्ब रुपैयाँ उठाएका हुन् । यो अवधिमा ३ लाख ८७ हजार ९ सय जना वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पुगेका छन् । त्यस्तै २ लाख १७ हजार ९५९ युवा पुनः श्रमस्वीकृति लिएर बिदेसिएका छन् ।

९ महिनामा सबैभन्दा धेरै मलेसियामा रोजगारीको लागि १ लाख ८७ हजार २७८ जना पुगेका छन् ।

सरकारले वैदेशिक रोजगारीलाई फ्री भिसा फ्रि टिकट बनाएको छ ।उनीहरुले म्यानपावर व्यवसायीलाई थप पैसा बुझाउनु पर्दैन । तर कम्तिमा २ लाख रुपैयाँ नतिरीकन कुनै पनि देश जान नसकिने युवाहरु बताउँछन् ।

सरकारले म्यानपावर व्यवसायीको मनोमानी नियन्त्रण गर्न सकेको छैन । अहिले नेपालमा ८ सय ४६ वटा म्यानपावर रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved