एजेन्सी। खरबुजालाई सीमित मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ । गर्मीमा यसको अत्यधिक सेवन गरिन्छ । त्यसैले कतिपय अवस्थामा अत्यधिक सेवन गर्नाले स्वास्थ्यसम्बन्धी केही समस्याहरु पनि देखिन सक्छन् ।
गर्मीमा खरबुजाको अत्यधिक सेवन गर्नाले आन्द्राको लागि एकदमै हानिकारक हुन सक्छ । खरबुजामा चिनी, फाइबर तथा पानीको मात्रा अत्यधिक हुन्छ । जसले आन्द्रामा संक्रमणको कारण बन्न सक्छ । यसको अत्यधिक सेवनले आन्द्रामा विभिन्न समस्याहरू देखिन सक्छन्।
त्यस्तै, खरबुजा चिसो फल मानिन्छ । त्यसैले गर्मीमा यसको सेवन फाइदाजनक हुन्छ । तर, अत्यधिक मात्रामा सेवन गरेमा रुघाखोकी लाग्न सक्छ । खरबुजामा ९७ प्रतिशत पानी हुन्छ, जसले गर्दा अत्यधिक सेवनले शरीरमा पानीको मात्रा बढ्न सक्छ । शरीरमा अत्यधिक पानीको मात्रा भयो भने पनि थकान तथा खुट्टा सुन्निने जस्ता समस्याहरू देखिन थाल्छन्।
मधुमेहबाट पीडित व्यक्तिहरूका लागि धेरै खरबुजाको सेवनले बेफाइदा गर्न सक्छ । यसमा चिनीको मात्रा हुने भएकाले यसले रगतमा चिनीको मात्रा बढाउने काम गर्न सक्छ । त्यसैले मधुमेहका विरामीहरुले सीमित मात्रामा खरबुजाको सेवन गर्नु पर्दछ ।
साथै, धेरै खरबुजाको सेवन पाचनयन्त्रका लागि पनि हानिकारक हुन सक्छ । खरबुजामा फाइबर भरपूर मात्रामा पाइन्छ । जसकारण पेट दुख्ने, वान्ता आउने तथा अपच जस्ता समस्या देखिन सक्छ ।
Facebook Comment
Comment