रास्वपाले भन्यो- मदन राईले गरेको दुर्व्यवहार निन्दनीय, पार्टीसँग कुनै सम्बन्ध छैन

नेपालभ्युज

रास्वपाले भन्यो- मदन राईले गरेको दुर्व्यवहार निन्दनीय, पार्टीसँग कुनै सम्बन्ध छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मदन राईले किशोरकिशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको  बताएको छ। शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै रास्वपाले राईसँग  पार्टीको कुनै किसिमको सम्बन्ध नभएको पनि स्पष्ट पारेको छ ।

पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालद्वारा हस्ताक्षेरित  विज्ञप्तिमा राईलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा रास्वपा स्पष्ट भएको बताइएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टीले भदौ ११, २०७९ मा खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रूपमा स्थान दिइएको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रूपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन। सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौं  साथै, मदन राईले किशोरकिशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय छ। उनलाई कानुन बमोजिम कारबाही हुनुपर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved