मौद्रिक निती : २०८०

बैंकहरूले तरलता व्यवस्थापनका लागि २७ खर्ब २६ अर्ब लगे : राष्ट्रबैंक

नेपालभ्युज

बैंकहरूले तरलता व्यवस्थापनका लागि २७ खर्ब २६ अर्ब लगे : राष्ट्रबैंक

काठमाडौं।बैंक तथा वित्तिय क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्रबैंकबाट स्थायी तरलता सुविधा मार्फत् बैंकहरुले २७ खर्ब २६ अर्ब ८१ करोड रकम लगेका छन्।

राष्ट्रबैंकद्धारा शुक्रबार जारी मौद्रिक नितीमा सो कुरा उल्लेख छ। तर,यो अघिल्लो बर्षको भन्दा कम हो। गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत ४ खर्ब ८ अर्ब ९७ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत् पटक पटक गरी ५७ खर्ब ७३ अर्ब ७५ करोड बराबरको रकम उपयोग गरेका थिए।

तर,यस चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा खुला बजार कारोबारमार्फत ४ खर्ब ९८ अर्ब ६४ करोड खुद तरलता प्रवाह गरिएको छ । तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थालेस्थायी तरलता सुविधामार्फत्पटक–पटक गरी २७ खर्ब २६ अर्ब ८१ करोड रकम राष्ट्रबैंकबाट उपयोग गरेका छन्।

यसैगरी २०७९ पुस १ देखि प्रयोगमा आएको ओभरनाइट तरलता सुविधामार्फत्चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी १२ खर्ब १८ अर्ब ६३ करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग गरेका छन्।

चालुआर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी ५ खर्ब ५७ अर्ब ८१ करोड बराबरको तरलता प्रवाह भएको पनि मौद्रिक नितीमा उल्लेख छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत २ खर्ब ३ अर्ब ९ करोड खुद तरलता प्रवाह भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved