एमाले बैठक जारी : पाँच प्रदेशको रिपोर्ट प्रस्तुत हुने

नेपालभ्युज

एमाले बैठक जारी : पाँच प्रदेशको रिपोर्ट प्रस्तुत हुने

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक काठमाडौंमा जारी छ। शुक्रबारको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत पाँचवटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्टले रिपोर्ट प्रस्तुत गर्नेछन्।

यसैगरी सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रस्तुत गर्ने एमालेले जनाएको छ।

विहीवार शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन पछी पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । हिजो प्रस्तुत भएको प्रदेशका रिपोर्ट र आजको रिपोर्टमाथि समूह विभाजन गरी छलफल शुरु हुने छ । बैठक स्थलमै विभिन्न ८ समूहमा छलफल हुने र त्यसलाई एकीकृत रूप दिएर वार्षिक कार्य योजना बनाउने एमाले स्रोतको भनाई छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved