प्रधानमन्त्रीले भने- शीर्ष बैठक पछिल्लो प्रकरणमा केन्द्रित छैन

उनले पछिल्लो प्रकरणमा स्वतन्त्ररूपले प्रहरीलाई काम गर्ने दिने बताएका छन ।

नेपालभ्युज

प्रधानमन्त्रीले भने- शीर्ष बैठक पछिल्लो प्रकरणमा केन्द्रित छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरूबीचको बैठक पछिल्लो प्रकरणबारे केन्द्रित नरहेको बताएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेट गरेका प्रधानमन्त्री प्रचण्डले कार्यालयबाट बाहिरिने क्रममा भनेका छन्, “शीर्ष बैठक पछिल्लो प्रकरणमा केन्द्रित छैन ।”

बैठक संसद् सञ्चालनका बारेमा केन्द्रित भएको प्रष्टोक्ति प्रधानमन्त्री प्रचण्डको छ । “सदनलाई कसरी सुचारु गर्ने, समितिहरू गठन कसरी गर्नेलगायतका विषयहरूमा हाम्रो भेटघाट र छलफल केन्द्रितछ,” प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति छ ।

उनले पछिल्लो प्रकरणमा स्वतन्त्ररूपले प्रहरीलाई काम गर्ने दिने बताएका छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved