अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु

उनिहरुको  जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको हो ।

नेपालभ्युज

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु
सांकेतिक तस्वीर

अर्घाखाँची। अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ ।

भुमिकास्थान नगरपालिकामा २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएकामध्ये ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृत्यु हुनेमा  भुमिकास्थान  २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासे रहेका छन् ।

मङ्गलबार बेलुका घाइते भएका उनिहरुको  जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको हो ।

आगलागी  परेर घाइते भएका ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved