‘ए’ डिभिजन लिग : संकटाले सातदोबाटोलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : संकटाले सातदोबाटोलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो यूथ क्लबलाई पराजित गरेको छ। च्यासल रंगशालामा मङ्गलबार भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गरेको हो।

संकटाको लागि युसेफ एट्रिसले गोल गरे। खेलको १४औँ मिनेटमा पेनाल्टीमा युसेफले गोल गर्दै संकटालाई अग्रता दिलाए। २६औँ मिनेटमा उनले संकटाको लागि दोस्रो गोल गरे।

१६ खेलबाट २० अंक जोडेको संकटा अंकतालिकाको नवौं स्थामा उक्लिएको छ। १६ खेलमा २३ अंक जोडेको सातदोबाटो भने पाँचौँ स्थानमा छ।

यस्तै, दशरथ रंगशालामा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीचको खेल गोलरहित बराबरीमा सकियो। यससँगै दुवै टोलीले अंक बाँडेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved