शरणार्थी प्रकरण: देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ भाइरल

सार्वजनिक अडिओमा सांसद आरजु राणा देउवा र मञ्जु खाणको आवाज नभए पनि दुइजनाबीचको संवादमा उनीहरूको नाम लिइएको छ। उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग मञ्जु खाणले साढे आठ करोड लिएको दाबी गरिएको छ।

नेपालभ्युज

शरणार्थी प्रकरण: देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ भाइरल

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मञ्जु खाण समेत तानिने देखिएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडिओ सार्वजनिक भएको छ। अडिओ टिकटक र फेसबुकमा भाइरल छ।

सार्वजनिक अडिओमा सांसद आरजु राणा देउवा र मञ्जु खाणको आवाज नभए पनि दुइजनाबीचको संवादमा उनीहरूको नाम लिइएको छ। उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग मञ्जु खाणले साढे आठ करोड लिएको दाबी गरिएको छ।

अडिओमा सरुवाबारे असन्तुष्ट एक व्यक्तिसँग भएको कुराकानी सुनिन्छ। अडिओमा कुरा गर्ने दुवै व्यक्तिको पहिचान भने भएको छैन। प्रसंग भने नक्कली भुटानी शरणार्थीको भएको प्रस्ट बुझिन्छ।

‘‘आरजु राणालाई साढे दुई करोड, गृहमन्त्री बालकृष्ण खाणका लागि मञ्जु खाणलाई हनुमानथानको घरमा ६ करोड बुझाएकै हो। प्रमाण छ नि मसँग’’ पहिलो व्यक्तिले भनेका छन्। अनावश्यक रूपमा सरुवा गरेर पैसा लिन खोजेको, दुहुनो गाई बनाएको भन्दै ती व्यक्तिले असन्तुष्टि पोखेका छन्।

काठमाडौंको हनुमानथानमा खाणको घर छ। अडिओमा दाबी सोही अनुसार गरिएको छ। बालकृष्ण मैजुवहालमा डेरामा समेत बस्ने गरेका छन्। अडिओ टिकटकबाट सार्वजनिक भएको हो। यो प्रकरणमा आफ्नो नाम तानिएपछि शनिबार बालकृष्ण खाणले प्रेस विज्ञप्ति निकाल्दै खण्डन गरेका थिए।

नक्कली शरणार्थी प्रकरणस् ओलीले प्रचण्डलाई दिए चारजनाको नाम, कोको छन् ?

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने सङ्गठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन्। प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएको बताइएको छ।

२०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आए लगत्तै खाणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए। त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए।

गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved