नक्कली शरणार्थी प्रकरण: ओलीले प्रचण्डलाई दिए चारजनाको नाम, कोको छन् ?

पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि पूर्वाग्रहको आरोप लगाएको नेकपा एमालेले चार जनाको नाम सार्वजनिक गरेको छ। यही विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफ्नो पार्टीका नेतालाई मात्र कारबाही गरिए सह्य नहुने भन्दै अरूको पनि नाम लिएका हुन्।

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरण: ओलीले प्रचण्डलाई दिए चारजनाको नाम, कोको छन् ?
फाइल तस्वीर

काठमाडौं। पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि पूर्वाग्रहको आरोप लगाएको नेकपा एमालेले चार जनाको नाम सार्वजनिक गरेको छ। यही विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफ्नो पार्टीका नेतालाई मात्र कारबाही गरिए सह्य नहुने भन्दै अरूको पनि नाम लिएका हुन्।

प्रकरणमा उच्चपदस्थ नेताहरू नै मुछिन थालेपछि उनीहरूलाई जोगाउने प्रयास भएको आकलन छ। कतिपयले पूर्व गृहमन्त्री बालकृष्ण खाँडलगायतका सत्ता गठबन्धनकै नेताहरू तानिन सक्ने भएपछि एमाले सचिव टोपबहादुरलाई समेत लुकाइएको आरोप लगाएका छन्।
यसकारण प्रतिपक्षी एमाले र सत्तापक्ष कांग्रेस माओवादीबीच ‘सेटिङ’ हुन लागेको आशंका गरेका छन्।

भेटवार्तामा भएको कुराकानीका विषयमा धेरै कुरा सार्वजनिक नभए पनि केही विषय सार्वजनिक भएको छ। पक्राउ परेका सानु भण्डारीले बालकृष्ण खाँड, उनकी पत्नी मञ्जु, रामहरि खतिवडा र दिपेश पुन (पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको छोरा) को समेत नाम लिएको जानकारी आफूलाई आएको ओलीले बताएका छन्।

प्रहरी र सरकारी वकिलबाट सूचना आएको भन्दै आफूलाई सुनाएका ओलीले बताएका थिए। जवाफमा प्रचण्डले यी चारै जनाको संलग्नातका सम्वन्धमा विस्तृत जानकारी लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोटमै पठाउने बताएका स्रोतको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved