टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइयो, अदालतबाट म्याद थपको तयारी

नेपालभ्युज

टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइयो, अदालतबाट म्याद थपको तयारी

काठमाडौं। नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ।

विहान वुद्ध एअरको जहाजबाट रायमाझीलाई काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सन्दीपलाई विहान ७ बजे नै काठमाडौं ल्याउने भनेपनि खराव मौसमका कारण उडानमा ढिलाइ भएको हो ।

हिजो बुधबार एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सन्दीपलाई आजै जिल्ला अदालतबाट म्याद थप गराई सन्दीपविरूद्ध थप अनुसन्धान सुरू गरिने प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved