कुवेतको साफ च्याम्पियनसिपमा सहभागिता पक्का

नेपालभ्युज

कुवेतको साफ च्याम्पियनसिपमा सहभागिता पक्का

काठमाडौं। कुवेतले पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने पक्का भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफ ले बुधबार कुवेतले १४ औँ संस्करणको साफ प्रतियोगितामा भाग लिने जानकारी गराएको हो ।

आगामी असार ६ देखि १८ गतेसम्म भारतको बैंगलुरुमा साफ च्याम्पियनसिपन आयोजना हुनेछ। यसअघि, बङ्गलादेशलाई आयोजनाको जिम्मेवारी दिएको थियो। बङ्गलादेशले आयोजना गर्न नसक्ने भएसँगै भारतले जिम्मेवारी पाएको हो।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानको सहभागिता हुनेछ। फिफाबाट प्रतिबन्धमा रहेको श्रीलंका फुटबल फेडेरेसन पनि सहभागी हुने छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved