नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

नेपालभ्युज

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। नेपाल सेयर बजार परिसूचक (नेप्से) मा मंगलबार पनि गिरावट आएको छ। आज ४.२७ अंकले घटेपछि परिसूचक १८६६ अंकमा आइपुगेको छ ।

मंगलबार ६९ करोड २२ लाख रुपैयाँ बराबरको २३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार घटे पनि ६८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ४४ कम्पनीको सेयर मूल्य घट्दा ७ वटाको मूल्य भने स्थिर छ ।

आज कारोबार भएका १३ समूहमध्ये ७ समूह भने बढेका छन्, बाँकी समूहमा गिरावट आएको छ । आज विकास बैंक, वित्त, होटल र टुरिजम, जीवन बीमा, उत्पादनमूलक, म्यूचुअल फण्ड र अन्य समूह बढेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved