काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका हुन्। उनले कुल ५ खेलमा १३ विकेट लिन सफल भए। ब्याटिङतर्फ पनि सन्दीपले ४२ रनको योगदान गरे।
प्रतियोगितामा ४४ चौका र १८ छक्का प्रहार गरेका यूएईका वृत्य अरविन्द भने उत्कृष्ट ब्याटर घोषित भए। कुल ६ खेलमा १७ विकेट लिएका ओमानका बिलाल खान भने उत्कृष्ट बलर घोषित भए।
आगामाी पाकिस्तानमा आयोजना हुने एसिया कप २०२३ मा नेपाल, भारत र पाकिस्थान एकै समूह ‘ए’ मा रहेका छन्। समूह ‘बी’ मा भने श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन्।
हरेक समूहको शीर्ष २ टोलीले सुपर फोरमा स्थान पक्का गर्नेछन्। सुपर फोरबाट शीर्ष २ टोली फाइनलमा पुग्नेछन्। एसिया कप एसीसीले एकदिवसीय विश्वकप अगाडि एसियाली टोलीलाई तयारीस्वरूप आयोजना गर्ने गर्दछ।
Facebook Comment
Comment