काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आउने बिहीबार अर्थात् वैशाख २१ मा विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले २१ गते दिउँसो २ बजे विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । हाल गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री पाण्डेसँगै सबै मन्त्रालय छ। तर, दुई जना विना विभागीय मन्त्री सुशीला सिंखडा र सरस्वती अर्याल छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे वैशाख १४ गते बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त भएका हुन्। गण्डकीमा कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादीको १ सांसदको समर्थन पाण्डेलाई छ।
Facebook Comment
Comment