एसीसी प्रिमियर कप : कुवेतले दियो ओमानलाई १३१ रनको लक्ष्य

नेपालभ्युज

एसीसी प्रिमियर कप : कुवेतले दियो ओमानलाई १३१ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुवेतले ओमानलाई १३१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो स्थानको लागि जारी खेलमा कुवेत ३१.३ ओभरमा १३० रनमा अलआउट भएको हो।

कुवेतको लागि अदनान इद्रिसले ३८ र सैयद मोनिबले २८ रन जोडे। विस्फोटक ब्याटिङ गरेका मोनिबले १० बलमा ५ चौका र १ छक्का प्रहार गरे।

मिट भावसार, शिराज खान र बिलाल ताहिरगरी कुल ३ खेलाडी डगआउट भए भने ३ खेलाडीले दोहोरो अंक बढाउन सकेनन्।

कुवेतलाई प्याक गर्न ओमानको लागि भने जय ओडेद्राले ५, बिलाल खानले २ तथा अयान खान, जिशान मकसूद र जतिन्दर सिंहले १–१ विकेट लिए।

२५.२, २५.३, २७.५, २९.२ र ३१.३ ओभरमा विकेट लिएर जयले फाइफर पूरा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved