एसीसी प्रिमियर कप : वर्षाका कारण फेरि रोकियो नेपाल र कुवेतबीचको खेल

नेपालभ्युज

एसीसी प्रिमियर कप : वर्षाका कारण फेरि रोकियो नेपाल र कुवेतबीचको खेल

काठमाडौं। जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण फेरि स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।

खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।

यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको तर, लगातार पानी परेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved