काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसामु २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२.२ ओभरमा १४१/३ भएको बेला पानी परेपछि झन्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झर्यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।
कुवेतले पाउने लक्ष्य डीएल मेथडबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डिएल मेथडको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेल नायक बने । उनले ९४ बलमा ९४ रन बनाउँदै नेपाललाई विशाल योगफल दिएका थिए ।
Facebook Comment
Comment