एसीसी प्रिमियर कप : नेपालले कुवेत र यूएईले ओमानसँग खेल्दै

नेपाल प्रतियोगितामा अपराजित टोली हो । नेपालले कतार,ओमान र मलेसियालाई हराएको थियो भने साउदी अरेवियासँगको खेल वर्षाका कारण रद्द भएर अंक बाँडेको थियो ।

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपालले कुवेत र यूएईले ओमानसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले कुवेत र यूएईले ओमानसँग खेल्दैछन् ।

नेपाल र कुवेतबीचको खेल खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा र ओमान र यूएईबीचको खेल मुलपानी मैदानमा सुरु हुँदैछ ।  नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल प्रतियोगितामा अपराजित टोली हो । नेपालले कतार,ओमान र मलेसियालाई हराएको थियो भने साउदी अरेवियासँगको खेल वर्षाका कारण रद्द भएर अंक बाँडेको थियो ।

कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved