नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

नेपालभ्युज

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से २.२७ अंकले घट्दा १८८९.७३ विन्दुमा बन्द भएको हो ।

बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ। बुधबार ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो।

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्यो भने १३९ कम्पनीको सेयर मूल्य घट्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved