एसीसी प्रिमियर कप : सोमपालले लिए चौथो विकेट

नेपालभ्युज

एसीसी प्रिमियर कप : सोमपालले लिए चौथो विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपालले चौथो विकेट लिन सफल भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको लागि सोमपाल कामीले चौथो विकेट लिएका हुन्।

९.४ ओभरमा मुहम्मद तन्वीरलाई आउट गर्दै सोमपालले नेपालको लागि चौथो विकेट लिए।

यसअघि, सन्दीपले ८.३ ओभरमा जहिर इब्राहिमलाई आउट गर्दै तेस्रो विकेट लिए। यसअघि, सोमपालले ५औँ ओभरको अन्तिम बलमा इमाल लियानेजलाई आउट गरे।

बाँया हाते स्पिनर ललित राजवंशीले कतारका ओपनर कामरन खानलाई आउट गर्दै नेपालको लािग पहिलो विकेट लिए। २.२ ओभरमा ललित गरेको बलिङमा खानको प्रहारलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गरे।

नेपालले दिएको १५८ रनको लक्ष्यमा कतारले पछ्याइरहेको छ। नेपाल …. विकेटको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved