एसीसी प्रिमियर कप

सन्दीप र ललितको सङ्घर्षपूर्ण साझेदारीमा नेपालले दियो कतारलाई १५८ रनको लक्ष्य

नेपालभ्युज

सन्दीप र ललितको सङ्घर्षपूर्ण साझेदारीमा नेपालले दियो कतारलाई १५८ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको हो।

सुरुवातमा कमजोर ब्याटिङ प्रस्तुत गरेको नेपाल ४०.३ ओभरमा १५७ रनमा अलआउट भयो। २७.६ ओभरमा आउट भएका गुल्सन झा ७ रनमा आउट भएसँगै नेपाल संकटमा आएको थियो।

२८ ओभरमा सन्दीप लामिछानेलाई साथ दिन ललित राजवंशीको पिचमा आएसँगै ब्याटिङमा आशा पलाएको थियो। नेपालको लागि लेगस्पिनर सन्दीप आशावादी ब्याटिङ प्रस्तुत गर्दै ५८ बलमा ६ चौका प्रहार गर्दै अविजित ४२ रन बनाउन सफल भए। ४०.३ ओभरमा ललित राजवंशीले १ रनमा आउट भए।

कप्तान रोहित पौडेलले २७ र आसिफ शेखले १९ रनको योगदान गरे। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्।१.२ ओभरमा नै ओपनर कुशल भूर्तेल २ रनमा आउट भएसँगै नेपालको ब्याटिङ डगमगाएको थियो। ३.३ ओभरमा भीम शार्की ६ रनमा आउट भए। आसिफ आउट भएसँगै कप्तान रोहित पौडेल पनि पभिलियन फर्किए। अन्य ४ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

नेपाललाई प्याक गर्न कतारका अमिर फारुकले ४,   ओवेस अहमदले ३,  गायान मुनाविराले २ तथा इक्रामुल्लाह खानले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved