एसीसी प्रिमियर कप:  टस हारेको नेपाल ब्याटिङ गर्दै

एसीसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ । कतारले टस जितेर बलिङ रोजेको छ ।

नेपालभ्युज

एसीसी प्रिमियर कप:  टस हारेको नेपाल ब्याटिङ गर्दै

काठमाडौं।  एसीसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ । कतारले टस जितेर बलिङ रोजेको छ।

आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ। कतार जितविहीन रहँदै पुछारमा छ। यस्तै, अहिले समूह बी मा रहेका हङकङ र कुवेतबीच पनि मूलपानी मैदानमा खेल भइरहेको छ । हङकङले टस जितेर बलिङ गरिरहेको छ। समूह बी बाट अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ।

नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ। तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ।

यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved