दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्छन् : माधव नेपाल

नेपालभ्युज

दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्छन् : माधव नेपाल

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका  छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका हुन् ।

उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने बताए। उनले यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने बताए ।

‘अवश्यपनि यसले केही सन्देश त दिएकै छ । प्रत्येक निर्वाचनले दिने परिणामको बारेमा विश्लेषण गर्नुपर्दछ । जनताको झुकावहरु कसैप्रति किन गइरहेको छ ? कसैप्रति किन छैन भन्ने बारेमा राम्रो ढंगले विश्लेषण गरेर आफूमा के–के कमजोरी रहेका छन् त्यसलाई सुधार्ने दिशामा अगाडी बढ्नैपर्छ, उनले भने ।

उनले अगाडी भने, ‘गम्भिर चिन्तन मनन गर्नु आवश्यक छ । आफूमा भएका कमी कमजोरी सुधार्‍यो भने मात्रै जनताले विश्वास गर्छन् । होइन भने जनताले यथास्थितिमा कसैलाई पनि विश्वास गर्दैनन् । हुनत सबैको परीक्षाको घडी शुरु भएको छ । सबैले परीक्षामा पटक–पटक उर्तिण हुनुपर्छ । त्यसमा सबैको ध्यान जाओस् ।’
 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved